८ असोज २०८०, सोमबार

कांग्रेसको आकार, हैसियत र ओज खुम्चिने गरी गठबन्धन हुँदैन : नैनसिंह महर

लेखाजोखा न्यूज

१९ भाद्र २०७९, आइतबार १०:०२

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले लोक हँसाउने गरी संसद्ले आफ्नो आयु बढाउन नसक्ने बताएका छन् ।

“हो, संसद्ले कानुन बनाउन सक्छ तर लोक हसााउने गरी काम गर्नुहुन्न । यसै पनि मुलुक आर्थिक रुपमा संकटमा छ । जनप्रतिनिधिले आफ्नो प्रतिष्ठाको ख्याल नगरी आफ्नो आयु लम्ब्याउने, सेवा, सुविधा थप्ने कुरा गलत हो । निर्वाचनको घोषणा भएपछि संसद् स्वतः निष्क्रिय हुनुपर्ने हो । तर समानुपातिक बन्दसूची बुझाएपछि संसद् यथास्थितिमा रहन सक्दैन,” आईतबार पत्रकारसँग कुरा गर्दै नेता महरले भने ।

महरले नेपाली कांग्रेसले बहुमतको सरकारका लागि गठबन्धन गर्न लागेकाले त्यो उद्देश्य पूरा नहुने गरी तालमेल गर्नुको औंचित्य नहुने पनि बताए ।

उनले भने, “हामीले बहुमतको सरकार निर्माणका लागि गठबन्धन गर्ने हो । तर नेपाली कांग्रेसको आकार, हैसियत र ओज खुम्चिने गरी गठबन्धन गर्नुहुन्न । । सांसद, मन्त्री, प्रधानमन्त्री बनाउन मात्र गठबन्धन हुन सक्दैन । देशले के पाउँछ, भन्ने पनि स्पष्ट पार्नुपर्छ ।”

सय सिटभन्दा कममा उम्मेदवारी दिएर कांग्रेसको नेतृत्वमा सरकार बन्न नसक्ने पनि उनले ठोकुवा गरे । महरले भने, “कांग्रेसमा चारवटा पुस्ता छ । सबैको आआफ्नै दाबी छ । सय सिटको दाबी कुनै समूहको होइन, सिंगो पार्टीको हो । कम सिट लिएर सरकारको नेतृत्व लिन सक्दैन । आम कार्यकर्ताको भावनामा आँच आउने गरी पार्टीले कुनै पनि निर्णय गराउन सक्दैन ।”

अर्को प्रसंगमा उनले नेपाली कांग्रेस अभिव्यक्ति स्वतन्त्रताको हिमायती भएकाले प्रेस विरोधी मिडिया काउन्सिल विधेयक फिर्ताका लागि पहल गर्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend