१९ असोज २०७९, बुधबार

एकिकृत समाजवादीले ताप्लेजुङमा टुंग्यायो उम्मेदवार

लेखाजोखा न्यूज

४ भाद्र २०७९, शनिबार १०:३८

काठमाडौं । आगामी मंसिर ४ गते हुन लागेको संघीय तथा प्रदेश निर्वाचनमा नेकपा एकीकृत समाजवादीले ताप्लेजुङ जिल्लाबाट सर्वसम्बत उम्मेदवारको सिफारिस गरेको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाले संघीय तथा प्रदेशका उम्मेदवारको लागि सर्वसम्वतबाट सिफारिस गरेको बताए ।

गठबन्धनको एक घटक एकीकृत समाजवादीले माथिबाट केही निर्णय नआउदै संघ तथा प्रदेशका उम्मेदवारको लागि सिफारिस गरेको छ । एसले एक निर्वाचन क्षेत्र रहेको संघमा केन्द्रीय सदस्य समेत रहेका हर्क याक्सो, कल्पना तुम्बाहाम्फे र मुकुन्द भट्टराईलाई सिफारिस गरेको जिल्ला समन्वय समितिको संयोजक समेत रहेका अध्यक्ष लामाले बताए।
एसले संघको समानुपातिकतर्फ अम्बिकाराज भण्डारी, डम्बर बहादुर तुम्बाहाम्फे र त्रिलोचन गुरागाईँलाई सिफारिस गरेको अध्यक्ष लामाले बताए ।

उता, प्रदेश निर्वाचन क्षेत्र नं. ‘क’ मा शम्भु गौतम, डालकुमार गुरुङ, सुनिता मादेनलाई सिफारिस गरेको छ। क्षेत्र नं. ‘ख’ मा खेमबहादुर वनेम, मञ्जु भट्टराई र ठाकुर सिंह नाल्बोलाई सिफारिस गरेको छ । प्रदेश समानुपातिकतर्फ निता शिवा, रामचन्द्र पोमु, देवीमाया नेपाली र अम्बर लोहारको नाम पठाइएको छ ।

गठबन्धनका तर्फबाट ताप्लेजुङ जिल्ला भागमा परेमा निर्वाचन लड्ने र भाग नपरेपनि गठबन्धनलाई सघाएर जाने अध्यक्ष लामाले बताए । समानुपातिकमा भने अहिले सिफारिस भएकाहरु कायम हुने पनि अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend