२२ मंसिर २०८०, शुक्रबार

गोदावरी, विष्णुमती, मनोहरालगायत नदीमा बाढी, सतर्कता अपनाउन आग्रह

लेखाजोखा न्यूज

४ भाद्र २०७९, शनिबार ७:३३

काठमाडाैं । काठमाडाैं उपत्यकासहित आसपासका क्षेत्रमा गएराति परेको पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत साना खोलामा जलसतह बढेको छ ।

ती खोला क्षेत्रको आसपासमा बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । अहिले ती नदी जलाधार क्षेत्रमा पानी पर्नेक्रम रोकिएको छ । आज पनि देशभरको मौसम बदली रहने अनुमान छ ।

आज दिउँसो वाग्मती प्रदेशसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अरु बाँकी प्रदेश-१, मधेस प्रदेश र कर्णालीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend