१९ असोज २०७९, बुधबार

कांग्रेस नेता प्रदीप गिरिको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

लेखाजोखा न्यूज

४ भाद्र २०७९, शनिबार ७:२२

काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई हिजो भेन्टिलेटरमा सारिएको हो । उनको अवस्था गम्भीर रहेको र सुधारको आशासहित उपचार भइरहेको अस्पतालले जनाएको छ ।

नेता गिरिको अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा पनि गरेका छन् ।

हिजो मेडिसिटी अस्पतालमै प्रार्थना सभा भएको थियो । नेता गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न हिजो मेडिसिटी गएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गिरिको स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गर्न आग्रह गरेका छन् ।

नेता गिरिको घाँटीमा क्यान्सरसँगै निमोनिया पनि देखिएको छ । उनलाई साउन दोस्रो हप्ता मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend