१९ असोज २०७९, बुधबार

लालबाबु पण्डित भन्छन्- ठूला ठेकेदारले योजना कब्जा गर्दा देशको विकास अघि बढेन

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार १२:३७

काठमाडौं । नेकपा एमालेका सांसद लालबाबु पण्डितले ठूला ठेकेदारका कारण विकास निर्माणको काम तीब्र हुन नसकेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘देशको विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेन । ठूला ठेकेदारले योजना कब्जा गर्ने र काम नगर्ने प्रवृत्तिका कारण यस्तो भयो’, उनले भने, ‘यस्तै ठूला उद्योगी, व्यवसायीले बैंक कब्जा गर्ने, आफैं ऋण लिने तर साना उद्योगीले कर्जा नपाउने अवस्था भयो । त्यसले साना उद्योग व्यवसायी धराशायी बन्यो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend