१९ असोज २०७९, बुधबार

ट्रेलर र जिप आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार १२:१९

धादिङ । धादिङको गल्छि गाउँपालिका ६ चिरौदी पुलस्थित मार्वल बोकेको ट्रेलरले जिपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । गएराति चितवनबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बरको मार्वल बोकेको ट्रेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नम्बरको जिपलाई ठक्कर दिँदा जिपमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरिक्षक रमेश थापाले जानकारी दिए ।

मृत्यु हुनेमा ज्वालामुखी गाउँपालिका – १ धादिङका ३० वर्षीय ज्ञानबहादुर नेपाली र सोहि स्थानका २५ वर्षीय राजेन्द्र तामाङ रहेका छन् । दुर्घटनामा परी घाइते बनेका ट्रेलरका चालक र सहचालकको उपचारपछि उनीहरु प्रहरीको नियन्त्रणमा रहेको निरिक्षक थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend