१९ असोज २०७९, बुधबार

राष्ट्रिय सहमति साथ नागरिकता विधेयक अघि बढाउन एमालेको आह्वान

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार १२:०१

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सहमति साथ नागरिकता विधेयक नयाँ ढंगले अघि बढाउन आह्वान गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा एमालेका मुख्य सचेतक बिशाल भट्टराईले नागरिकता विधेयकमा विवाद नगरी राष्ट्रिय सहमतिका साथ अघि बढाउन आह्वान गरेका हुन् ।

नागरिकता विधेयक फिर्ता भएसँगै राष्ट्रपतिलाई विवादमा ल्याउन खोजिएको भन्दै उनले आपत्ति जनाए। नागरिकतासम्बन्धी अध्यादेश र विधेयक एउटै नभएकाले यस विषयमा राष्ट्रपतिजस्तो गरिमामय पदलाई विवादित बनाउन नहुने उनको भनाइ छ ।

उनले नागारिकता नागरिकले स्वत प्राप्त गर्नुपर्ने सुविधा भएको भन्दै यसविषयमा सिंगो मुलुकमा जनतालाई विभाजित गर्नेगरी छलफल र चर्चा हुनु मुलुकको हितमा नरहेको धारणा राखे ।

भट्टराईले यसअघि लामो समय संसदीय समितिमा छलफल भएको नागरिकता बिधेयक फिर्ता दिएर सरकारले ल्याएको अर्को विधेयक राष्ट्रपति कार्यालयबाट फिर्ता भएर छलफलको अर्को अवसर प्राप्त भएको जिकिर गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend