१९ असोज २०७९, बुधबार

बाबुराम र बामदेवलाई आफ्नै चिन्हबाट चुनाव लड्न दिने माओवादी केन्द्रको निर्णय

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ११:१०

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल समाजवादी पार्टी र नेकपा एकता अभियान पार्टीलाई एउटै चुनाव चिन्हबाट चुनाव लड्न दिने निर्णय गरेको छ ।

आज बिहान बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले डा. बाबुराम भट्टराई र वामदेव गौतम नेतृत्वको पार्टीलाई आफ्नो चुनाव चिन्हबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो ।

प्रवक्ता कृष्णबहादुर महराले बाबुराम र वामदेवलाई हँसिया हतौडामा चुनाव लड्न पार्टीले स्वीकृति दिएको जानकारी दिए ।

बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको छ । वामदेव नेकपा एमालेबाट विभाजित भएका हुन भने बाबुरामले जनता समाजवादी पार्टी परित्याग गरेर नयाँ दल दर्ता गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend