काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को चुनावमा कांग्रेस र एमालेनिकट व्यवसायीहरुको समूह निर्वाचित भएको छ ।
उनीहरुको यो समूह नै निर्वाचित भएको छ । २०७९ साउन ३० गते सम्पन्न भएकाे निर्वाचनमा यो समूहका अध्यक्ष निलहरि बास्तोलाले ६ सय १६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी कमल सापकोटाले २ सय ६४ मत ल्याएका छन् । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार बाेधराज त्रिपाठीले ४४ मत पाएका छन् ।
कमल सापकोटा माओवादी केन्द्र र एमालेको विद्रोही समूहको समर्थनमा अध्यक्षको उम्मेदवार भएका थिए । त्यसैगरी, महासचिवमा पनि बास्तोला समूहकै विनोद सापकोटा निर्वाचित भएका छन् । उनले ५ सय ४४ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नरध्वज लामाले ३ सय ४९ मत ल्याएका छन् ।
वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रदीप पण्डित द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र सचिवमा होमनाथ भट्टराई, कोषाध्यक्षमा पुरुषोत्तम न्यौपाने विजयी भएका छन् । त्यसैगरी, सहकोषाध्यक्ष छिङदोर्ची शेर्पा विजयी भएका छन् । उनीहरु सबै बास्तोला समूहका हुन् ।