११ असोज २०८०, बिहिबार

प्रचण्ड र बाबुराम संयुक्त दल दर्ता गर्न निर्वाचन आयोग जाँदै

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार १०:०७

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा.बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने कार्यक्रम छ । 

संयुक्त रूपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने तयारी छ । निर्वाचन आयोगले दुई वा दुईभन्दा बढी दल एउटै चुनाव चिन्हबाट लड्न चाहेमा मंगलबारसम्म दल दर्ता गर्ने समय दिएको थियो ।

आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दल दर्ताका लागि दिएको समयावधि पनि आजै सकिँदैछ । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । 

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend