११ असोज २०८०, बिहिबार

एमाले र राप्रपाबीच चुनावी तालमेल

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ९:०१

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा अन्य दलसँग चुनावी तालमेलको निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ।

सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका तर्फबाट गठबन्धन, तालमेल वा सहकार्यको निर्णय गर्ने अधिकार लिङ्देनलाई दिएको हो। प्रमुख प्रतिपक्षी एमालेसँग राप्रपा चुनावी तालमेलको पक्षमा छ। तर ती दुई दलबीच कति सिटसहित तालमेल गर्ने भन्ने निर्णय हुन बाँकी रहेको जानकारी दिँदै निकट स्रोतले भन्यो, ‘उपसभामुखको निर्वाचनअघि नै एमालेसँग मिलेर चुनावमा जाने सहमतिअनुसार नै हामीले एमालेको उम्मेदवारका पक्षमा मतदान गरेका हौं। सिट संख्याको मात्र कुरा हुन बाँकी छ।’

एक दर्जन निर्वाचन क्षेत्रमा एमालेले सहयोग गर्ने प्रारिम्भक आश्वासन दिएको राप्रपाका ती नेताको दाबी छ। झापा, मकवानपुर, चितवन, धादिङ, रूपन्देही, बाँके, सिन्धुपाल्चोक, काठमाडौं, कंचनपुर, सुनसरी, नुवाकाेट, धनुषा, नवलपरासी, कैलाली र बैतडीसहितका जिल्लामा राप्रपासंग चुनावी तालमेल हुनसक्ने बताउँदै ती नेताले भने, ‘हामीले थोरै मत थपिंदिंदा एमालेले धेरै निर्वाचन क्षेत्र जित्ने हो। एमालेले धेरै मत सहयोग गर्दा हामीले  (१२/१५ क्षेत्र) मा जित्ने हो। सोही अनुसार छलफल भइरहेको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend