११ असोज २०८०, बिहिबार

उकालो लाग्दै काेराेना संक्रमणदर

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ८:३३

काठमाडाैं । नमुना परीक्षण बढाएसँगै नेपालमा दैनिक कोरोना संक्रमणदर पनि बढेको छ । पछिल्लो केही दिनको तुलनामा सोमबार पुनः संक्रमणदर उकालो लागेको हो । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणका आधारमा संक्रमणदर बढेर १५.४८ प्रतिशत पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार संक्रमणदर ९.४२ प्रतिशत र शनिबार ८.३१ प्रतिशत थियो । साउनको सुरुदेखि नै उकालो लागेको संक्रमण सबैभन्दा धेरै १७ प्रतिशत पुगेको छ । दैनिक गरिएको नमुना परीक्षणका आधारमा दैनिक संक्रमणदर थपघट भए पनि कोभिड संक्रमण पछिल्लो लहरको तुलनामा जोखिमयुक्त नदेखिएको चिकित्सकले बताएका छन् ।

पछिल्लो २४ घन्टामा आठ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । देशभर तीन हजार एक सय ५५ पिसिआर र दुई हजार पाँच सय ८२ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सोमबार चार सय ७४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर निको हुनेको संख्या नौ लाख ७६ हजार ८३ पुगेको छ । यस अवधिमा संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार नौ सय ८९ पुगेको छ भने हाल देशभर पाँच हजार तीन सय ८७ जना सक्रिय संक्रमित छन् । जसमध्ये एक सय ९९ जना अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend