१९ असोज २०७९, बुधबार

अध्ययन गरेर नागरिकता विधेयक फेरि अगाडि बढाइन्छ : सञ्चारमन्त्री कार्की

लेखाजोखा न्यूज

३१ साउन २०७९, मंगलबार ६:२०

काठमाडाैं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखले प्रमाणित गरेको नागरिकता विधेयक आइतबार पुनर्विचारका लागि संघीय संसदमा फिर्ता पठाएकी थिइन्।

‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend