१९ असोज २०७९, बुधबार

निहारिकालाई भेटेर के भने कानुनमन्त्री बन्दीले ?

लेखाजोखा न्यूज

३० साउन २०७९, सोमबार ९:३७

काठमाडाैं । न्याय खोज्दै आमरण अनशन गरिरहेकी महोत्तरीको जलेश्वर नगरपालिका– ९ की सोनालीकुमारी सिंह ‘निहारिका’लाई आज कानुनमन्त्री गोविन्द बन्दीले भेटेका छन् ।

उनी उपचाररत् रहेको काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर मन्त्री बन्दीले भेटेका हुन् । शुक्रबार राष्ट्रपतिनिवासअगाडि आत्मदाहको प्रयास गरेकी निहारिका त्यसयता शिक्षण अस्पतालमा उपचाररत् छिन् ।

मन्त्री बन्दीले ८ साउनमा जनकपुर उच्च अदालतमा तोकिएको पेसीको क्रममा अदालतले डिएनए परीक्षणको आदेश दिने विश्वास दिलाउँदै अनशन तोड्न आग्रह गरेका थिए ।

आरोपित र बच्चाको डिएनए परीक्षण गराउन आवश्यक पहल गर्ने उनको भनाइ थियो । अन्य माग पूरा गर्न पनि सरकार संवेदनशील रहेको भन्दै उनले अनशन त्याग्न आग्रह गरेका थिए ।

जवाफमा निहारिकाले माग पूरा भएपछि मात्र अनशन तोड्ने बताएकी थिइन् । यसअघि पनि सरकारले आफूसँग पाँचबुँदे सहमति गरेको तर कार्यान्वयन नगरेको भन्दै माग पूरा भए मात्र अनशन तोड्ने उनको भनाइ थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend