१९ असोज २०७९, बुधबार

देउवा हिन्दुवादी होईनन् : वरिष्ठ उपसभापति मल्ल

लेखाजोखा न्यूज

३० साउन २०७९, सोमबार ७:३३

धनगढी । नेपाली कांग्रेस (विपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले आफूलाई काँग्रेसबाट निकालिनुको २ कारण समेत बताएका छन्।

आफूले नेपालमा हिन्दुत्वको नारा लगाएको र पार्टीभित्रको अप्रजातान्त्रिक पद्धतीको बारेमा बोलेका कारण कारवाही भएको उनले स्पष्ट पारेका छन्।

‘मैलै निरन्तर हिन्दुत्वको नारा लगाए। तर त्यो देउवाको रुचिको विषय थिएन। किनकी उहाँ हिन्दुवादी होइन।

देउवालाई उहाँका विदेशी क्रिस्टियन प्रभूहरुको दबाब थियो’ पत्रकार सम्मेलनमा बोल्दै मल्लले भने, ‘अर्को कारण उहाँलाई मैले पार्टीभित्रको अप्रजातान्त्रिक विषयमा बोलेको मन परेन। त्यसैले त बहालवाला जिल्ला सभापतिलाई बाहिर राखेर डडेल्धुरामा जिल्ला अधिवेशन गरियो।’

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend