१८ जेष्ठ २०८०, बिहिबार

शिक्षक आयोगको परीक्षामा टिकटक बनाउने परीक्षार्थीको परीक्षा रद्द

लेखाजोखा न्यूज

३० साउन २०७९, सोमबार ७:१०

काठमाडाैं । शिक्षक सेवा आयोगको परीक्षामा टिकटक बनाउने एक जना परीक्षार्थीको परीक्षा रद्द भएको छ ।

शिक्षक सेवा आयोगबाट यही साउन २८ गते सञ्चालन भएको निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षामा कैलालीको श्री त्रिभुवन माध्यमिक विद्यालयको बोराडाँडी ख केन्द्रका परीक्षार्थी विनोदकुमार बमले परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाएर सामाजिक सञ्जालमा राखेका थिए ।

यही कारण उनलाई निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रको दरखास्त रद्द गर्ने र दुई वर्षसम्म निम्न माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि दरखास्त दिन वा प्रतिस्पर्धा गर्न रोक लगाइएको शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend