कास्की । राष्ट्रपति विद्यादेवी भण्डारी आज साेमवार पोखरा पुगेकी छन् । मङ्गलवार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनि बुद्ध एअरको जहाजमार्फत पोखरा पुगेकी हुन् ।
पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए ।
राष्ट्रपति भण्डारी पोखराको विरौटामा रहेकाे होटेल पोखरा ग्रान्डमा बसेकी छन । उनि मङ्गलवार बिहान साढे ८ बजे पोखरामा रहेकाे विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्यवासिनी मावि बाटुलेचौरको हीरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।
उनका अनुसार राष्ट्रपति मङ्गलवार नै दिउँसो १ बजे तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी काठमाडाैं फर्कने कार्यक्रम छ ।
राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।