१९ असोज २०७९, बुधबार

नागरिकता विधेयक फिर्ता भएको विरोधमा भैरहवामा प्रदर्शन

लेखाजोखा न्यूज

३० साउन २०७९, सोमबार ६:४९

रुपन्देही । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि भैरहवामा विरोध प्रदर्शन भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी रुपन्देहीले सोमबार भैरहवाको मिलन चोकमा नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको हो ।

भैरहवामा पार्टीका जिल्ला अध्यक्ष अजय बर्मा , जिल्ला इन्चार्ज मोहन लाल यादव, केन्द्रीय कार्यकारी सदस्य निर्मला कुमारी यादव, प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लाम लगायतका नेताहरूको उपस्थिति रहेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी समेत भएको थियो ।

केन्द्रीय नीति अनुसार आज भैरहवामा विरोध गरिएको प्रदेश कार्यकारी सदस्य मोहम्मद इस्लामले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend