१९ असोज २०७९, बुधबार

विश्वकप फुटबलको खेलतालिका परिवर्तन

लेखाजोखा न्यूज

२८ साउन २०७९, शनिबार ८:३३

काठमाडाैं । विश्वभरका फुटबल खेलप्रेमीले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेलतालिका परिवर्तन भएको छ। कतारमा आगामी मंसिर ५ गतेदेखि प्रारम्भ हुने भनिएको फिफा वर्ल्डकप २०२२ एक दिन अगाडि अर्थात् मंसिर ४ गतेदेखि हुने भएको छ।

निर्धारित मितिभन्दा एक दिनअगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले घोषणा गरेको छ।

मूल खेल तालिकाअनुसार मंसिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्यान्डसबीचको खेल सोही दिन हुनेछ। तर, उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्वकप प्रतियोगिताको पहिलो खेल भने अब मंसिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ। यसअघि मंसिर ५ गतेका लागि सेनेगल र नेदरल्यान्डस तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो।

फिफाले विश्वकप फुटबल प्रतियोगिताको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल–तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ। बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ।

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend