१९ असोज २०७९, बुधबार

नखोजौ है सुखै सुख

सुरेशराज जाेशी

२४ साउन २०७९, मंगलबार ९:५०
तुशारे शिषिर हेरि रमरिन्छ बसन्त बडी !
गुराँस फूल देखेर हुन्डेरी मच्चिदो कति !!
बदलिन्छ्न प्रकृती रंग ॠतुका बसमापरि !
रहर पार पाउदैनन् दु:खका सागर तरि !!

कोयली मृग देखेर जल्दछे सुन्दर भनी ।
मृग बौलिन्छ ईष्याले कोयली स्वर त्यो सुनि !!
नत सन्तुष्ट मृगै छ न कोयली देख्दछे सुख!
सुखको छैन ठेगाना सबको भागमा दु:ख!!

थुनिन्छु पिजडा भित्र भएर सुन्दर अति !
छौ तिमी स्वतन्त्र बरु काग दाई म भन्दा कति!!
कालो छौ त के भो र हिडदछौ स्वतन्त्र भई!
रंगले के गरु म त थुनिन्छु घरमा गई !!

सुगा र कागका कुरा राम्ररी मनमा गुन!
बुझेर पहिले आफू यो कुरा अरुलाई भन!!
त्यसैले सुखी छौ तिमी बुझाउ आफ्नै मन!!
दु:खबाट मुक्ती पाउने के छ सुत्र तिमी भन !!

आफ्नै कर्म ठुलो ठान अरुमा नदेख्नु सुख !
दु:ख सुख हो संसार नखाेजाैं है सुखै सुख!

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend