१८ जेष्ठ २०८०, बिहिबार

कैलालीमा एक बालकको डुबेर मृत्यु

लेखाजोखा न्यूज

२१ साउन २०७९, शनिबार ६:५५

धनगढी । कैलालीमा एक बालकको डुबेर ज्यान गएको छ । टीकापुर नगरपालिका-१ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।

दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

पानीमा डुबेर बेहोस भएका बालकलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल लगिएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय टिकापुरले जनाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend