११ असोज २०८०, बिहिबार

प्राविधिक टोली सहित महाकाली तटबन्धको अनुगमनमा कांग्रेस नेता लेखक

लेखाजोखा न्यूज

२१ साउन २०७९, शनिबार ६:२२

महेन्द्रनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले कञ्चनपुरको महाकाली र जोगबुडा नदीमा रहेको तटबन्धको अवस्था बारे अनुगमन गरेका छन् । शनिवार प्राविधिकहरुको टोली सहित नेता लेखकले अनुगमन गरेका हुन् ।

कञ्चनपुरको दोधारा–चाँदनीमा महाकाली र जोगबुडा नदीमा पानीको सहत बढेसंगै डुबानको समस्या रहदै आएको छ । कांग्रेस नेता लेखकको पहलमा जोगबुडा र महाकाली नदीमा तटबन्धको काम समेत अगाडी बढेको छ ।

उक्त तटबन्ध निर्माणको कार्य समय सीमा भित्रै सम्पन्न गर्न र काममा लार्पवाही नर्गन नेता लेखकले प्राविधिक टोलीलाई निर्देशन गरेको उनका स्वकीय सचिव जनक भट्टले बताए ।

No description available.

तटबन्धको अनुगमनका क्रम प्राविधिक टोलीले पनि काम समयभित्रै सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कञ्चनपुर–३ निर्वाचन क्षेत्र भएका कांग्रेस नेता लेखकले १ महिना देखि आफ्नो निर्वाचन क्षेत्रमा सक्रियता बढाएका छन ।

No description available.

नेता लेखक निरन्तर जनतामाझ टोल भेला देखि छलफल अन्र्तक्रिया र समस्याहरुमा सामेल हुदै आएका छन् ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend