११ असोज २०८०, बिहिबार

मुख्यमन्त्री शाहीको गुनासो : कर्मचारीले भनेको नमान्दा रकम भुक्तानी भएन

लेखाजोखा न्यूज

२१ साउन २०७९, शनिबार ९:२२

सुर्खेत । आफूले भनेअनुसार कर्मचारीले काम नगर्दा कर्णाली प्रदेशमा काम गरेको रकमसमेत जनताले पाउन नसकेको मुख्यमन्त्री जीवनबहादुर शाहीले आरोप लगाएका छन् ।

असार २५ गते भित्र सिस्टम बन्द हुन्छ भनि पटक पटक भन्दा पनि कर्मचारीले नमान्दा जनताले करोडौँ रकम नपाएको गुनासो गरेका छन् ।

मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालयले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा भारी मात्रा काम गरेको रकम दिन बाँकी छ भनेर प्रतिवेदन सार्वजानिक भएपछि मुख्यमन्त्री शाहीको यस्तो भनाइ आएको हो ।

आफ्नो हिसाव नमिलेपछि जनताको भुक्तानी दिन आनाकाँनी गरेको उनले बताए । कर्णाली प्रदेश सरकारको मताहातमा रहेका विकासे कार्यालयको भुक्तानी दिन करोडौँ रकम बाँकी रहेको समीक्षामा सुनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend