३१ साउन २०७९, मंगलबार

यी हुन विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

लेखाजोखा न्यूज

२१ साउन २०७९, शनिबार ९:००

एजेन्सी । अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।

मिनेसोटाकी ६३ वर्षीय डायनाको दुबै हातका नङको कुल लम्बाइ ४२ फिट १० दशमलब ४ इन्च लामो रहेको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । डायनाले विगत २५ वर्षदेखि नङ पाल्दै आएकी थिइन् ।

उनको दायाँ हातको बुढी औला ४ फिट ६ दशमलब ७ इन्च लामो छ । बुढी औँलाको नङभन्दा सबैभन्दा लामो छ । उनले पछिल्लो पटक सन् १९९७ मा नेलकटर प्रयोग गरेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend