१६ जेष्ठ २०८०, मंगलबार

हामी जनताको समस्यालाई मुल मुद्दा बनाएर सिंहदरबारको यात्रा तय गर्छाैं : रवि लामिछाने

लेखाजोखा न्यूज

२१ साउन २०७९, शनिबार ६:३४

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नागरिकले भोगेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताएका छन्।

दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले नागरिकले दैनिक जीवनमा भोगेका सबै समस्याहरू नै आफ्नो पार्टीको मूख्य एजेण्डा भएको बताएका हुन्।

उनले आफ्नो पार्टीले जनताकै मुद्दा उठाएर चुनाव जित्ने र जनताका मुद्दाहरुको एजेन्डा बेकेर सिंहदरबारको यात्रा तय गर्ने बताए। उनले भने, ‘हेर्नुहोला, सुन्नुहोला, रेकर्ड गर्नुहोला, हामीले छिट्टै जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्नेछौं।’

उनले अरु पार्टीले जस्तो घोषणा पत्रमा मात्र आफ्नो एजेण्डा सिमित नगर्ने बताए। उनले जनतासँग जोडिएका समस्याहरु नै पार्टीको मुल मुद्दा रहेको बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend