१३ मंसिर २०७९, मंगलबार

सहर देखि गाउँसम्म

कैलासकुमार पाण्डेय

१९ साउन २०७९, बिहिबार ७:०१
सहरमा समृद्धि छ रे
त्यही बाट हाम्रो गाउमा आउदैछ
आशै आशका कैयौ वर्ष बितिसके
सहरको समृद्धि गाउँ पुगेन
कति नै टाढा छ र त्यो सहर
मान्छेले चन्द्रमा टेकि सके
मंगल ग्रहमा जीवावशेष खोज्दैछन
अन्तरीक्षको अन्वेषण गर्दैछन
तर त्यो सहर बाट
हाम्रोमा गाउँ पुग्न सकेका छैनन
भोग,रोग,गरीबी चिन्न सकेका छैनन
सत्य,सत्य,धरोधर्म न्याय छिन्न सक्या छैनन
हरेक पटक समृद्धि ,बिकास र उन्नतिका
सुन्दर सपना बाड्यो
सहर संग स्वर्णिम रहर छ र
अनगिन्ती सपना बाडछ
सहरमा रहेको दरवारमा
गाउको ख्याउटे तस्बिर छ की छैन
दरवारमा बस्नेले गाउलाई चिन्छन कि चिन्दैनन
आज कुलो को पानी खोला बाट आउन छोडिसक्यो
खेतवारीको मल गोठ बाट ल्याउन छाडी सके
वस्तु भाउ घाँस खादैन चारा दाना मात्र खान्छन
जडिबुटी ,ओखतीमुलो छोडी सके
हरेक चीज सहर कै ल्याउनु पर्छ
गाउँ सहर निर्भर भएको छ
गाँस,वास,कपास का लागि
शिक्षा,स्वास्थ,सुरक्षाका लागि
सहरको मुख ताक्नु परेको छ
समृद्धि गाउँ आउने बाटो बनेको छैन क्या हो
सहर देखि गाउँ पुग्न समय लाग्छ कि
बाटो बिराएर अन्तै लाग्यो कि
आजको सहरमा असन्तोष निकै छ
विभिन्न बिकल्पको खोजी हुदैछ
सहर नेतृत्वको प्रतीक बनेको छ
सहर दाता बनेको छ
हेक्का रहोस नेतृत्वका लागि मतदान गर्ने
गाउँ मा नै बस्छन
गाउँमा घैला मैला मात्र होइन
सुन्दर परिकल्पना पनि बस्छन
गाउँमा गरिबी भोकमरी मात्र होनन
प्रसस्त सम्भावना पनि छन
गाउको बिकास बिना देशको बिकास संभाव छैन
हरेक सहरले गाउँ जोडने बाटो खन्नु छ
गाउँ जाउ गाउँलाई हेरौ भनि
सहरको बिश्वास गाउँ पुर्‍याउन आवश्यक छ
गाउँका सुन्दर परिकल्पना संगाल्दै
गाउँका नया संभावना पहिल्याई
समृद्धि संगै जोडनु छ
उन्नति अभाव रुगेर मात्र बस्दैन
गाउँ तथा सहरमा
हरेक संभावना का ढोका खुला हुन्छन
गाउँ र सहरको दुरि बढदै गए,
बिश्वास भत्किए बिद्रोह हुन्छ
एउटा सुन्दर बाटो निर्माण गर्नु छ
जसले गाउँ र सहर जोडने छ
जसले सुन्दर परिकल्पनालाई
योजनमा समेटने छ
नया सम्भावना पहिल्याइ
उन्नति ,बिकास,समृद्धि संगै हिडाउने छ
गाउँ पनि हाम्रै हो,सहर पनि हाम्रै हो
बिश्वास सृजना गर्ने मन्त्र चाहिएको छ
गाउँदेखि सहर, सहरदेखि गाउँ जोडने
सुत्र चाहिएको छ

कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend