काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘यस मन्त्रालयको कार्यसम्पादनका सन्दर्भमा जोडेर एक राष्ट्रिय दैनिक पत्रीका एवं केही अनलाइन सञ्चार माध्यमहरूमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको छ, ‘सुशासन, विधिको शासन एवं व्यवस्थित प्रणाली र मापदण्ड पालनामा यस मन्त्रालय सचेत छ,’ मन्त्रालयले विज्ञप्तिमा भनेको छ।
समायोजन ऐन बमोजिमको समायोजन सम्बन्धी कार्य समयमै सम्पन्न भए पनि सङ्घीय निजामती सेवा ऐन जारी नहुँदा सरुवा सम्बन्धी विषयलाई व्यवस्थित बनाउन नसकिएको मन्त्रालयको जनाएको छ ।
‘स्थानीय तहको निर्वाचन पश्चात् जन निर्वाचित जनप्रतिनीधीहरुले आफू अनुकूलको वातावरण निर्माणका लागी साबिककै कर्मचारीहरूलाई निरन्तरता दिन खोज्ने तथा अन्यत्र सरुवा गरी पठाउन खोज्ने प्रवृत्ति देखिएको छ, ‘एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भई जाने कर्मचारीहरूको निवेदनको चाप बढेको,,सङ्घीय तहमा काम गर्ने कर्मचारीको समेत नयाँ स्थानमा जान चाहने प्रवृत्ति बढेको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।