३१ साउन २०७९, मंगलबार

भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँमा क्षतिको विवरण बुझ्न जाँदै जनप्रतिनिधि

लेखाजोखा न्यूज

१५ साउन २०७९, आइतबार ११:२२

काठमाडौं । क्षतिको विवरण बुझ्न पालिकाका जनप्रतिनिधि भूकम्पको केन्द्रबिन्दु रहेको ठाउँतर्फ लागेका छन्।

 

खोटाङको साकेला गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन कटवालका अनुसार गाउँपालिकाका अध्यक्षसहितको टोली त्यसतर्फ लागेको हो।

६ रेक्टर स्केलको भूकम्प गएको खोटाङको मात्तिमबिर्तामा एउटा घर भत्किएको आशंका गरिएको छ। तर, त्यो ठाउँ दुर्गम भएकाले पुष्टि हुन बाँकी रहेको खोटाङका सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले बताए।

 

बिहान ८ बजेर १३ मिनेट जाँदा मात्तिमबिर्तामा ६ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पको धक्का काठमाडौं उपत्यकासहित धेरै ठाउँमा महसुस गरिएको थियो।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend