कञ्‍चनपुरमा हाइस र बस ठोक्किँदा ८ जना घाइते

विराज रोस्यारा
१५ माघ २०७७, बिहीबार १०:४१

धनगढी । कञ्‍चनपुरमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन् ।

कञ्‍चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरमा बिहीबार बिहान हाइस र बस ठोक्किँदा आठ जना घाइ्र्रते भएका हुन् ।

कञ्‍चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापा क्षेत्रीले घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जानकारी दिएका छन् ।

दुबै गाडी नियन्त्रणमा लिई घटनामाबारे थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।