प्रधानमन्त्री र पूर्वसभामुखविरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आज

लेखाजोखा न्युज
१५ माघ २०७७, बिहीबार १०:३२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्धको अवहेलना मुद्दाको सुनुवाइ बिहीबार हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा बहस गरिरहेका अधिवक्तामाथि अमानजनक भाषा प्रयोग गरेको र पूर्वसभामुख ढुंगानाले न्यायाधीशको अपमान र अदालतको गरिमामा आँच आउने किसिमको अभिव्यक्ति दिएको भन्दै सर्वोच्चमा मंगलबार मुद्दा दर्ता भएका थिए ।

प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता कञ्‍चनकृष्ण न्यौपाने र पूर्वसभामुख ढुंगानाविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दर्ता गराएका थिए ।

उक्त मुद्दाको सुनुवाइ न्यायाधशीश मनोजकुमार शर्माको एकल इजलासमा हुने भएको छ ।

त्यसैगरि पूर्वप्रधानन्यायाधीश मिनबहादुर रायमाझीविरुद्धको मुद्दाको पेसीसमेत आजै तोकिएको छ । रायमाझीविरुद्ध धनजित बस्‍नेत र लोचन भट्टराईले छुट्टाछुट्टै रिट दर्ता गराएका थिए ।

प्रधानमन्त्री ओली र पूर्वसभामुख ढुंगानाविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा