३१ साउन २०७९, मंगलबार

दुई दिनदेखि रोकिएको माओवादी बैठक आज, होला त पदाधिकारीको निर्णय ?

लेखाजोखा न्यूज

२३ असार २०७९, बिहिबार ७:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । आइतबारदेखि सुरू बैठक मंगलबार र बुधबार दुई दिन स्थगितपछि आज बिहान ११ बजेलाई तय गरिएको छ ।

मंगलबार पदाधिकारी, पोलिटब्यूरो चयनलगायतको गृहकार्यका लागि बैठक स्थगित गरिएपनि हिजोको बैठक अर्थमन्त्री प्रकरणमा संसदीय छानबिन गठन, संसद बैठकलगायतले आजका लागि स्थगित गरिएको थियो ।

आज अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

त्यस्तै लामो समय थाती रहेको पदाधिकारी पनि टुंगिने बताइएको छ ।


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend