३१ साउन २०७९, मंगलबार

प्रधानमन्त्रीका ज्योतिषी रिजालले जुराए निर्वाचनकाे साईत, कति गते ?

निर्वाचन बारे के भन्छ प्रधानमन्त्रीकाे ज्योतिषी विद्या ?

लेखाजोखा न्यूज

२३ असार २०७९, बिहिबार ७:१०

काठमाडाैं । प्रधानमन्त्री शेरवहादुर देउवाका ज्याेतिषी शुरेसचन्द्र रिजालले निर्वाचनकाे साईत जुराएका छन् । रिजालकाे  ज्योतिषशास्त्र अनुसार प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि ३० कात्तिक, अनि २, ४, ८ र १० मंसिरमा  उपयुक्त दिन छ । मंसिर प्रधानमन्त्री देउवाका लागि लक्की महिना पनि हो रिजालले भने  । मंसिर ७ मा औँसी परेको छ ।

त्यसैले ६ र ७ मंसिरलाई छल्नुपर्ने हुन्छ । ८ मंसिरपछि कुलपूजा पर्ने भएकाले त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । मंसिर २ र ४ को मिति बढी उत्तम छ ।

मैले प्रधानमन्त्रीको सचिवालयमार्फत निर्वाचनको मितिबारे कुराकानी गरेको हुँ । केही दिनमा निर्वाचनको मिति घोषणा होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend