युरोपमा कोरोनाविरुद्धको खोप अभाव, दोस्रो चरणको खोप कार्यक्रम स्थगित

लेखाजोखा न्युज
१० माघ २०७७, शनिबार १४:०३

ब्रसेल्स । युरोपमा कोरोनाविरुद्धको खोप अभाव हुँदा दोस्रो चरएको खोप कार्यक्रम स्थगित भएको छ । कोरोनाविरुद्धको खोप विकास गरिरहेको कम्पनीले वितरणमा समस्या हुन नसक्ने बताएपछि खोप कार्यक्रम स्थगित भएको हो ।

बेलायती खोप विकास कम्पनी एस्ट्राजेनेकाले खोपमा उत्पादनमा समस्या देखिएपछि अनुमानितभन्दा निकै कम खोपहरु मात्रै उत्पादन हुने गरेका छन् । युरोपका कयौं भागमा फाइजर/बायोएनटेकले प्रतिबद्धता गरेअनुसार खोप आपूर्ति नभएपछि दोस्रो चरणको खोप कार्यक्रम स्थगित गरिएको छ ।

कयौं युरोपेली देशमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको समयमा अमेरिकी औषधि उत्पादक कम्पनीले अस्थायी रूपमा आपूर्ति घटाउँदा खोप वितरण प्रभावित भएको बीबीसीले जनाएको छ ।

जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य र इटलीका कयौं क्षेत्रमा खोपको पहिलो डोज दिने कार्यक्रमसमेत स्थगित गरिएकफो छ । म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिनसमेत अहिले स्थगित गरिएको हो ।

गत साता फाइजरले आउँदा केही साताका लागि खोपको आपूर्ति ढिलो हुने जनाएको थियो । बेल्जियममा एउटा कारखानाको क्षमता विस्तारको काम भएकाले ढिलो हुने फाइजरले बताएको थियो ।

ईयूले फाइजरबाट मात्र ६० करोड डोज खोप मगाएको थियो । उसले अर्को अमेरिकी कम्पनी मोडेर्नाको खोपलाई समेत स्वीकृति दिएको छ ।

ईयूले अक्सफर्ड/एस्ट्राजेनिकाको खोपलाई भने स्वीकृति दिइसकेको छैन । ईयूका कयौं मुलुकले भने रुसले विकास गरेको स्पुतनिभ भी खोप लगाउन सुरु गरेका छन् । – बीबीसी