३१ साउन २०७९, मंगलबार

आफ्नो ‘लोगो’ प्रयोग गरी भ्रामक सूचना फैलाए कारबाही गर्छौँ : नेपाल टेलिकम

लेखाजोखा न्यूज

१७ असार २०७९, शुक्रबार ९:४१

काठमाडौं । नेपाल टेलिकमले आफ्नो ‘लोगो’ प्रयोग गरी चिट्ठा परेको भनेर तथा भ्रामक सूचना सम्प्रेषण गरेकोमा आपत्ति जनाएको छ । अनाधिकृत पेजमार्फत भ्रामक सूचना फैलाइएकाले टेलिकमको ध्यानाकर्षण भएको जनाएको छ ।

गैरकानूनी गतिविधिमा संलग्न पाइएमा छानबिन गरी दोषी देखिएमा कानूनबमोजिम कडा कारबाही गर्ने टेलिकमले बताएको छ ।

नेपाल टेलिकमले भनेको छ,’ नेपाल टेलिकमको आधिकारीक वेभसाइट तथा सामाजिक सञ्जालका भेरिफाई अकाउण्टहरूबाट मात्र आवश्यक जानकारी/ सूचनाहरू लिनु हुन तथा अनाधिकृत सञ्जालमा आफ्ना कुनै विवरण, सूचना उपलब्ध नगराउन हुन समस्त ग्राहकवर्गहरूमा अनुरोध गरिन्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend