२३ असार २०७९, बिहिबार

कैलालीका एमाले अध्यक्ष थापालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस

लेखाजोखा न्यूज

१० असार २०७९, शुक्रबार १२:३३

काठमाडौँ । नेकपा एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ ।

बिहीबार बसेको जिल्ला सचिवालय बैठकले थापालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीमा सिफारिस गरेको सचिव डेजी पाण्डेले जानकारी दिए । जिल्ला सचिवालय बैठकको सिफारिसका आधारमा अब प्रदेश कमिटीले थापालाई कारबाही गर्ने पाण्डेले बताए ।

३० वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा थापाले एमालेका आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको, पार्टी नेतृत्वविरुद्ध जथाभाबी बोलेको जस्ता आरोप लगाउँदै जिल्ला इन्चार्ज नारदमुनी रानाले ५ असारमा २३ बुँदे स्पष्टीकरण सोधेका थिए ।

तीन दिनको समय दिएर सोधिएको स्पष्टीकरणको उनले जवाफ समेत नफर्काएपछि साधारण सदस्य समेत नरहने गरी कारबाही सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ ।

एमालेबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापा गत पुसमा सम्पन्न जिल्ला अधिवेशनबाट अर्का प्रत्याशी रणबहादुर चन्दलाई ४ मतले हराउँदै अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend