२३ असार २०७९, बिहिबार

आफूखुसी बिदा बसेका २४ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

लेखाजोखा न्यूज

१० असार २०७९, शुक्रबार १२:०६

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले विभिन्न जिल्लामा दरबन्दी रहेका २४ प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैर हाजिर, खोजतलास फेला नपरेको र हाजिर हुने टाँस्दा पनि सम्पर्कमा नआएकाले ७ दिनभित्र कार्यालयमा हाजिर हुन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले जारी सूचनामा लेखिएको छ, सन्तोषजनक जवाफको स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गरेको कार्यालयमा हाजिर हुन आउनु होला । प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाइने कारबाही हुनेछ ।

प्रहरी नियमावली २०७१ को अनुसूची १४ को भाग ४ प्रयोजनार्थ यसै सामूहिक सूचनामार्फत सफाइको अवसर दिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend