२३ असार २०७९, बिहिबार

टेलिकमले घटायो महसुल

लेखाजोखा न्यूज

९ असार २०७९, बिहिबार ६:०९

काठमाडौ । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महसुल दर कायम गरेको छ ।

गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महसुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो ।

इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महसुल दर पहिले २५ सय रहेकोमा अब १६ सय कायम गरेको छ । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महसुल दर पनि २३ सय बाट घटाएर १६ सय नै कायम गरिएको टेलिकमले जनाएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महसुल क्रमशः २१ सय र १९ सय रहेकोमा अब दुवैको महसुल दर १५ सय कायम गरिएको छ ।

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महसुल २७ सय रहेकोमा अब रु. २४ सय, ११ देखि १०० एमबीपीएसको २४ सय रहेकोमा अब २१ सय र १०० एमबीपीएस भन्दा बढीको २१ सय। रहेकोमा अब १८ सय। कायम गरिएको छ ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend