२३ असार २०७९, बिहिबार

फिफा वरीयतामा नेपाल ८ स्थान खस्कियो

लेखाजोखा न्यूज

९ असार २०७९, बिहिबार ४:१२

काठमाडौं । नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ । यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको तीनवटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । तीन खेलमा हारेको असर वरीयतामा समेत परेको हो ।

नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो । यस वर्ष भने फेब्रुअरीमा १६७ औं स्थानमा रहेको नेपाल मार्चमा एक स्थान तल झरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend