२३ असार २०७९, बिहिबार

नेपाल एयरलाइन्समा अस्थायी महाप्रवन्धकको जिम्मेवारी ज्वारचनलाई

लेखाजोखा न्यूज

९ असार २०७९, बिहिबार ३:०५

काठमाडौं । नेपाल एयरलाइन्समा कार्यकारी अध्यक्ष र महाप्रवन्धक पद दुवै रिक्त रहेको अवस्थामा नेतृत्व सम्हाल्ने गरी सरकारले वरिष्ठ क्याप्टेन दीपु ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेका स्वकीय उपसचिव हेमन्त रेग्मीका अनुसार ज्वारचनलाई अस्थायी महाप्रवन्धनको जिम्मेवारी तोकिएको हो ।

नेपाल एयरलाइन्सको नेतृत्व खाली रहेको अवस्थामा संस्थालाई नेतृत्व गर्न मन्त्रिपरिषद्‍बाट उनलाई अस्थायी महाप्रवन्धक नियुक्त गरिएको हो । नेतृत्वमा रहँदा समेत उनले जहाजका चालकका हैसियतमा समेत काम भने गर्न पाउने भएका छन् ।

सरकारले युवराज अधिकारीलाई निलम्बन गरेसँगै यो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend