२३ असार २०७९, बिहिबार

बूढानीलकण्ठ, बागबजार र सानेपामा हैजाका बिरामी

लेखाजोखा न्यूज

९ असार २०७९, बिहिबार ६:५९

काठमाडौं । तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ ।

बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ । तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ ।

काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको र अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा सोही रोग देखिएको हो ।

कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताए । ‘हामीले अनुसन्धानका लागि टोली खटाइसकेका छौं, टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खानालगायतको गुणस्तरको मापन गरिरहेको छ’, उनले भने– ‘थप हैजा फैलन नदिन सचेत गराउँदै छौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend