२३ असार २०७९, बिहिबार

राप्रपा महिला संगठनमा भाँडभैलो

लेखाजोखा न्यूज

८ असार २०७९, बुधबार २:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र फेरि विवाद चर्कन थालेको छ। नेतृत्वले महिला संगठन माथि एकलौटी ढंगले पेलेर अन्जना शाह रावल लाई संगठनको अध्यक्ष घोषणा गरे संगै संगठन का असन्तुष्ट पक्षधर हरुले आज पार्टी केन्द्रीय कार्यालय मा अध्यक्ष लाई ध्यानाकर्षण गराउदै ज्ञापन पत्र वुझाएका छन।

संगठनको उपाध्यक्ष सरस्वती लामा, माहासचिव कुमारी तामाङको नेतृत्वमा महिलाहरुको समूह ले पार्टीका कार्यालयमा पुगेर ३ दिन भित्र महिला संगठनको समस्या सुल्झाउन अल्टिमेटम दिएको छ।

तीन दिन भित्र समस्या समाधान नभय महिला हरुले पार्टी भित्र विद्रोह र देसैभरि समानान्तर संगठन चलाउने दावि गरेका छन। केही दिन पहिला काठमाडौ भएको महिलाहरुको भेलामा अध्यक्षको उमेदवारका रुपमा कुमारि तामाङ, सयन्द्र वान्तवा, सीता वस्याल र अन्जना शाह रावलले दावि पेस गरेका थिए ।

तर नेतृत्व ले सहमति को वातावरण समेत नवनाइ अन्य तीन उमेदवार लाई जानकारी समेत नदिइ एकलौटि ढंगले अध्यक्ष घोषणा गरेपछि महिला हरु असन्तुष्ट वनेका हुन।

अन्जना रावल पार्टीको गतिविधिमा निस्क्रिय रहेको तथा हाल मात्र पार्टीमा देखिन थालेकि समेत हुन। उनी महाधिवेशनसम्म पनि सक्रिय नरहेको राप्रपाका सवै तहमा चर्चा समेत छ।

विद्रोही महिला हरुको पक्षमा पार्टी भित्र ठूलो समुहमा केन्द्रीय नेताहरुको समर्थन रहेको छ। संगठन का उपाध्यक्ष सरस्वती लामा स्वयम् पार्टी उपाध्यक्ष वुद्दिमान तामाङ को श्रीमती समेत हुन।

केन्द्रीय महिला विभागको प्रमुख माहामन्त्री कुन्ति कुमारी शाहिको समेत यो समूह लाइ समर्थन रहेको छ। उनी स्वयम्लाई समेत जानकारी नदिइ संगठनको अध्यक्ष तोकिएकोमा उनको समेत पुर्ण असन्तुष्टि रहेको छ ।

पार्टीको केन्द्रीय समितिको वैठक समेत तोकियको मितिमा हुन नसक्दा युवा केन्द्रीय सदस्य हरुको काठमाडौमा भेला भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend