२३ असार २०७९, बिहिबार

६५ जिससमा नयाँ नेतृत्व : काँग्रेस पहिलो, प्रदेश १ मा एमालेलाई जित्यो समाजवादीले

लेखाजोखा न्यूज

५ असार २०७९, आइतबार १०:०१

काठमाडौ । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्ला समन्वय समिति (जिसस)को चुनाव अन्तिम चरणमा छ ।

शुक्रबारसम्म ६५ जिल्लामा जिससको नयाँ नेतृत्व आएको छ । प्रदेश एक – ३, मधेस– ४, गण्डकी २, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका १–१ जिल्लामा चुनाव हुन बाँकी छ ।

जसमा काँग्रेसले २९ जिल्लाको जिसस प्रमुख जितेको छ भने २३ उपप्रमुख जितेको छ । यस्तै नेकपा एमालेले प्रमुखमा १७ र उपप्रमुखमा १४ जितेको छ । नेकपा माओवादी केन्द्रले १० जिल्लामा प्रमुख र २१ उपप्रमुख जितेको छ ।

नेकपा एकीकृत समाजवादीले प्रमुखमा ४ र उप्रमुखमा ५, लोसपाले २ प्रमुख र १ उपप्रमुख जितेको छ । यस्तै जसपाले प्रमुखमा २ र राष्ट्रिय जनमोर्चा १ प्रमुख जितेको छ ।

एक प्रमुख र उपप्रमुखमा स्वतन्त्र विजयी भएका छन् । जिससको प्रमुखमा तेस्रो भएको माओवादीले उपप्रमुखमा एमालेलाई उछिनेको छ । स्थानीय तहको जिल्लागत परिणाम अनुसार काँग्रेसको १६, एमालेको ११ र माओवादी ४ जिल्लामा एकल बहुमत थियो ।

काँग्रेसले गठबन्धनबाट १३ र माओवादीले ६ जिससको नेतृत्व हात पारेको छ । एकीकृत समाजवादी र जसपाले पनि गठबन्धनबाट जिससमा जित निकाल्न सफल भएका छन् । तर एमालेले ६ जिल्लामा गठबन्धन चिरेको छ । एमालेले ४ जिल्लामा गोलाप्रथाबाट नेतृत्व हात परेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend