१६ जेष्ठ २०८०, मंगलबार

२०२१ भन्दा अघि कोरोनाको खोपको कुनै सम्भावना छैन : डब्लूएचओ

लेखाजोखा न्यूज

८ साउन २०७७, बिहिबार ८:१४

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले आगामी एक वर्ष अर्थात सन् २०२१ भन्दा अगाडि कोरोना भाइरसको खोप बन्ने सम्भावना नरहेको बताएको छ ।

डब्लूएचओका कार्यकारी निर्देशक माइक रेयानले कोरोना भाइरसको खोप बनाउन लागेका शोधकर्ताहरुलाई सफलता प्राप्त भइरहे पनि २०२१ को सुरुवातभन्दा अगाडि खोप निर्माणको सम्भावना नरहेको बताएका हुन् ।

उनले खोप उत्पादनमा ढिलाइ भए पनि खोपको सुरक्षा मानकमा कुनै कमी गर्न नहुनेमा जोड दिए ।

कार्यकारी निर्देशक रेयानले कैयौं सम्भावित खोप परीक्षणको तेस्रो चरणमा रहेका र कुनै पनि खोप सुरक्षा मानक र प्रभावकारीतमा फेल नभएका पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

© 2023 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend