२३ असार २०७९, बिहिबार

देश दुखेको बेला

लेखाजोखा न्यूज

२८ जेष्ठ २०७९, शनिबार ३:२७
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

देशै दलदलमा फसेको बेला
म मुक्त कहाँ हुन सक्छु र
समय परिस्थिति बाट
अलग र अमुक कहाँ हुन पाउछु
काम कम र हल्ला बढी हुन्छ हाम्रोमा
कागले कान लग्यो भन्दा काग छोप्न जाने
स साना कुरामा पनि
ठुलठुला हल्ला मच्चाइन्छ्न
हरेक कुरामा बिरोध का लागि बिरोध
गर्ने हाम्रो बानी बसिसकेको छ
हल्लै हल्लाको प्रवृत्ति छ हामीमा
स्याल हुय्या मच्चाउन माहिर छौ
मच्चायौ अरुण तेस्रो ,बिमानस्थल बिस्तार
बिप्पा,बिआइआर,एमसिसी
मुर्दावादका नारा लगायौ
निहित स्वार्थ का कारण
महिनैपिच्छे सरकार फेर्न सक्छौ
दिनदिनै मन्त्री फेर्ने आभास गर्छै
मनलागी कर्मचारी सार्छौ
हाम्रो गराइले
सबै तिर असफल भैसकेको छ देश
ऋणको भारी बोक्न धौ छ
अर्थतन्त्र हरि कंगाल भइ सकेको छ
तै पनि समृद्धिका ठुला कुरा गर्छौ
कुरा गर्छौ देश बनाउने
छन त छ अनुपम प्रकृति छ
छन त छ प्रयाप्त स्रोत साधन पनि छ
तर ब्यवस्थापन हुन सकेको छैन
बनाउछौ, बिकास,उन्नति को नाममा
बेरोजगारी ,गरिबी घटाउन
भ्युउटावर बनाउछौ
समृद्धिको प्रशान्तमा सपनाको
पानी जहाज बनाउछौ
बाह्र बजे हावा सरर हुने जोमसोमको
हावा बाट विजुली निकाल्छौ
उल्टो गतिमा दौडदै छ समृद्धिको रेल
उपत्यकाका तीनै सहर जोडदै
मनको मोनोरल चलाउदै छौ
परिकल्पना गर्न कसैले रोकेको छैन
रोकुन पनि किन हामी राम्रो गर्दैछौ भने
तर भनाई गराई एक छैन
छ्लकपट छ हाम्रो गराईमा
निहित स्वार्थ छ हाम्रो बोलाईमा
असंख्य सुन्दर सपना बिनासित्ती
बाड्छौ चुनाव ताका
हरेक चुनावमा हाम्रो नारा भयो
स्थायित्व ,बिकास र समृद्धि
न त राजनीतिक स्थायित्व दिन सक्यौ
न बिकास र समृद्धि नै
चटकेले दिन गुजारा गरे जस्तै छ
देशको अर्थतन्त्र
ओखल बाट दिदि आउलिन खाजा ल्याउलिन
बाटो पर्खी बसेका छौ
एका देशको कथा भन्दै गर्दा
मेरै देशको पो भयो
देश आफैमा अबिकसित हुदैन रे
अव्यवस्थित मात्र हुन भन्छन
जे भए पनि जस्तो गरे पनि
देश दलदलमा छ
उभो लाउन कस्सिएर लाग्नु छ
देशै दु:खमा रहेको बेला
म सुख,शान्ति र समृद्धि कहाँ पाउछु र


© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend