नेपाल प्रहरीका ११ एसपी एसएसपीमा बढुवा (सूचीसहित)

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार २१:०८

काठमाडौं । नेपाल प्रहरीका ११ प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एसएसपीको दरबन्दी पूर्ति गर्न बढुवा सिफारिस गरेको हो ।

लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत एसपी कृष्णकुमार महत पहिलो नम्बरमा बढुवा भएका छन् । यस्तै ब्याचिबाट छुटेका एसपी गोबिन्दकुमार साह पनि यसपटक बढुवामा परेका छन् ।