२३ असार २०७९, बिहिबार

बाटो (कविता)

लेखाजोखा न्यूज

२६ जेष्ठ २०७९, बिहिबार १२:३३
कैलासकुमार पाण्डेय
परशुराम १२ डडेल्धुरा

बाटो
मैले बाटो खने र देश हिडने भयो
उसले खाडल खन्यो र
आफै खाडलमा पर्‍यो
मिहिनेत परिश्रम दुबैको बराबरी थियो
लागत बराबरी थियो
परिणाम फरक थियो
मिहिनेत परिश्रममा आग्रह थियो
बिचार ब्यवहारमा पुर्वाग्रह अनि
लागतमा प्रतिशोध थियो
खाडल खन्दै गर्दा मनमा
ईर्ष्या,द्वेष ,कुण्ठा पालेको हुन्थ्यो
प्रतिशोधको ज्वाला दन्किने क्षणमा हुन्थ्यो
खाडलमा उन्नति, समृद्धि, बिकास खोज्यो
उसको द्वन्दवादले ध्वंस पछि पुननिर्माण भन्थ्यो
यथास्थितिलाई ध्वंस गर्न खाडल बनायो
कुरुप देख्थ्यो बाटोलाई
बाटोले गन्तव्यमा पुर्‍याउछ भन्ने बिर्सेको थियो
यथास्थितिवादी ,प्रतिक्रियावादी
एकै खाडलमा पुर्छु पनि भन्थ्यो
सम्याउन थाल्यो खाडलको पिधलाई
खाडलको समय आयो रे थपिए पनि
एक समय यस्तो आयो
खाडलको औचित्य समाप्त भएको ठान्यो
पुर्न लाग्यो एक एक गरि
खाडल पुर्दै जादा चुनौतीको पहाड खडा भयो
चुनौती फलामको च्युरा सरी भए
यता बाटोको भने स्तरोन्नति भयो
बाटोमा अवसर थपिए
प्रसस्त संभावना भेटिए
उन्नति ,समृद्धि ,बिकासको बाटोले
नया गन्तव्य पहिल्यायो
अन्तर कुन्तरमा खाडल माथिको बिश्वास जिवन्त छ
बिश्वस्त आफ्नो कामका प्रती
जस्तो सुकै विषम परिस्थिति मोल्नु परे पनि
तयार छ खाडलका लागि
मैले बाटो खने र देश हिडने भयो
उसले खाडल खन्यो र
आफै खाडलमा पर्‍यो



© 2022 All Rights Reserved - Lekhajokha News Site By : SobizTrend