नेपाललाई रुसले २ करोड ५० लाख डोज कारोना खोप दिने

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १२:५४

मस्को । रुसले नेपाललाई कोरोनाविरुद्धको दुई करोड ५० लाख खोप दिने भएको छ । रुसले २ करोड ५० लाख डोज खोप उपलब्ध गराउने सम्झौता गरेको रोयटर्सले जनाएको छ ।

रुसले विकास गरेको कोरोनाविरुद्धको खोप स्पुतनिक भी दुई करोड ५० लाख डोज खोप दिने रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसले भारतलाई पनि खोप दिने सम्झौता गरेको समाचारमा उल्लेख छ । भारतमा खोपको परीक्षण समेत गरिने रोयटर्सले समाचारमा उल्लेख गरेको छ ।

यसअघि रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने जनाएको थियो । कोषले मंगलबार ट्रिनिटी फार्मास्युटिकल्समार्फत नेपाललाई आफ्नो सम्भावित कोभिड-१९ खोपको २ करोड ५० डोज उपलब्ध गराउने सहमति भएको जनाएको थियो ।

यस सहमति अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप ‘स्पुतनिक-भी’ उपलब्ध गराउन सकिने जनाइएको छ । यो खोप नेपालका क्लिनिकहरुलाई प्रमाणित सुरक्षा र प्रभावकारिताका साथ उपलब्ध गराइनेसमेत जनाइएको छ ।

सम्झौताले धेरै देशहरूले कोरोना भाइरस भ्याक्सिन पोर्टफोलियोमा ‘मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म’मा आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिने जनाइको छ । “मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्,” रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ ।

रूसी खोपको क्लिनिकल परीक्षणहरूले कुनै गम्भीर प्रतिकूल असर नदेखाएको र ‘स्पुतनिक भी’ले शतप्रतिशत सहभागीहरुमा स्थिर ‘ह्‍युमरल र सेलुलर’ प्रतिरक्षा प्रतिक्रिया उत्पन्‍न गरेकोसमेत जनाइएको छ ।

११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ‘स्पुतनिक भी’ खोप रसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो । मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड-१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ ।

४ सेप्टेम्बरमा, ‘स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो ।