ट्रम्पको युट्युब च्यानलमा प्रतिबन्ध, ‘सम्भावित हिंसाको खतरा’ भएको भन्दै भिडियो हटाइए

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार १२:१७

वाशिङ्टन । गुगलको स्वामित्वमा रहेको युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानलमा प्रतिबन्ध लगाएको छ । ‘सम्भावित हिंसाको खतरा’ भएको भन्दै उक्त च्यानलमा भएका भिडियोहरुसमेत हटाइएका छन् ।

“सम्भावित हिंसालाई ध्यानमा राख्दै डोनाल्ड जे ट्रम्पको च्यानलमा रहेका भिडियोहरु हटाइएका छन्,” युट्युबले एक जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

उक्त च्यानलमा कम्तिमा पनि सात दिनसम्म कुनै पनि भिडियो राख्‍न नमिल्‍ने गरी प्रतिबन्ध लगाइएको छ । जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा हिंसात्मक आक्रमण हुनसक्ने भन्दै एफबीआईले चेतावनी दिएपछि उक्त हमलालाई रोक्‍न युट्युबले यस्तो निर्णय गरेको हो ।

यसअघि सामाजिक सञ्‍जाल फेसबुकले ट्रम्पको एकाउन्टलाई अस्थायी प्रतिबन्ध लगाएको थियो । त्यसैगरी ट्विटरले पनि ट्रम्पलाई स्थायीरुपमा प्रतिबन्ध लगाएको हो ।

यसअघि अमेरिकी संसद्‌मा भएको आक्रमणमा ट्रम्पको संलग्‍नता भएको भन्दै उनीविरुद्ध महाअभियो प्रस्ताव ल्याइएको छ ।