अस्ट्रेलिया पुगेका भारतीय क्रिकेटर शौचालय सफा गर्दै !

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार ०९:४०

काठमाडौं । अष्ट्रेलियाविरुद्धको चौथो टेस्ट खेल्न ब्रिसबेन पुगेको भारतीय क्रिकेट टोलीलाई आधारभूत सुविधासमेत नभएको होटलमा राखिएको छ ।

अष्ट्रेलियाविरुद्धको चौथो तथा अन्तिम टेस्ट खेल्न ब्रिसबेन पुगेको भारतीय क्रिकेट टोलीलाई आधारभूत सुविधासमेत नभएको होटलमा राखिएको भारतीय अखबार ‘दैनिक जागरण’ ले समाचार प्रकाशित गरेको छ ।

अखबारले बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) का एक वरिष्ठ स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “होटलमा रूम सर्भिस वा हाउसकिपिङ नै छैन । जिम पनि अन्तर्राष्ट्रिय स्तरको पनि छैन । स्विमिङ पुलमा पनि जान प्रतिवन्ध छ । खेलाडीहरुसँग ‘चेक इन’ को समय यी सबै सुविधाहरुको प्रतिवद्धता जनाइएको थियो ।”

अखबारका अनुसार भारतीय खेलाडीहरुलाई कोठामा बन्द गरिएको छ । उनीहरुले आफ्‍नो ओछ्यान आफैँ मिलाउनु पर्ने र शौचालय पनि आफैँ सफा गर्नुपर्ने समाचारमा उल्लेख छ ।

भारत र अस्ट्रेलियाबीच चौथा टेस्ट जनवरी १५ मा हुनेछ । त्यहाँ कोरोना महामारीको बढ्दो संक्रमणक र न्यु साउथ वेल्सको सीमामा लागु लकडाउनका कारण होटलमा कडा नियम लगाइएको छ ।