चीन र पाकिस्तान मिले गम्भीर खतरा : भारतीय सेना प्रमुख

लेखाजोखा न्युज
२९ पुष २०७७, बुधबार ०९:१७

नयाँ दिल्ली । भारतका सेना प्रमुख जनरल एमएम नरवणेले पाकिस्तान र चीन एकआपसमा मिलेर भारतका लागि गम्भीर खतरा उत्पन्न गर्न सक्ने बताएका छन् ।

भारतीय अखबार ‘जनसत्ता’ मा प्रकाशित समाचारका अनुसार सेना दिवसभन्दा अघि समग्र राष्ट्रिय सुरक्षा चुनौतीहरुका बारेमा मिडियासँग कुराकानी गर्दै जनरल नरवणेले चीन र पाकिस्तानको भारतका प्रति कपटपूर्ण सोच सतहमा देखिएको बताएका हुन् ।

“पाकिस्तान र चीन मिलेर गम्भीर खतरा बनेको छ । उनीहरुको कपटपूर्ण सोचबाट हुने खतरालाई नजरअन्दाज गर्न सकिँदैन,” उनले भने । सेना प्रमुख नरवणेले दुवै मोर्चाहरुमा खतराका परिदृश्यसँग सामना गर्न भारत तयार रहनुपर्नेमा पनि जोड दिए ।

चीन र पाकिस्तानका बीचमा सैन्य र गैरसैन्य क्षेत्रहरुमा सहयोग बढिरहेको उनको भनाइ थियो । “हामी भू–राजनीतिक घटनाक्रम र खतराहरुका आधारमा आप्mनो तयारी परिवर्तन गरिरहन्छौं,” जनरल नरवणेले भने ।

–बीबीसी